लाभांश पारितका लागि फस्र्ट माइक्रोफाइनान्सले बालायो पुस २८ मा साधारण सभा, बुक क्लोज कहिले ?

Share News

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौधौं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ ।  सभा आम्रपालि ब्याक्वेट भाटभटनी काठमाडौंमा बिहान १० बजे शुरु गर्ने जानकारी दिएको छ ।

सभाले ७ दशलमव ५ प्रतिशत बोनस शेयर र ७ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत अर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।