काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले चौधौं वार्षिक साधारण सभा पुस २२ गते बोलाएको छ । सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धी र आयोजना निर्माणका लागि लिएका कर्जाहरु अनुमोदन तथा थप कर्जा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले प्रबन्ध्पत्र तथा नियमावलीको प्रस्तावित संशोधननमा नियमनकारी निका वा कार्यालयबाट कुनै फेरवदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।