लक्ष्मी लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० सम्म कायम वितरणयोग्य मुनाफालाई सञ्चित गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृत गरी आगामी वार्षिक साधारण सभामा पेस गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने निर्णय कम्पनीले गरेको छ ।

विगतका वर्षहरूमा कम्पनीले निरन्तर लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।