गुहेश्वरी मर्चेन्टले यस वर्ष लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा पठाएको जानकारी दिएको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष कम्पनीले ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।