लिवर्टी इनर्जी कम्पनीको वार्षिक साधारण सभा पुस २५ मा, यी प्रस्ताव पारित हुने

Share News

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चौधाै‌ वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै सभाले अन्य जलविद्युत आयोजनालाई प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।