हिमालयन हाइड्रोपावरको साधारण सभा पुस २५ मा, शतप्रतिशत हकप्रद शेयर निष्कास गर्ने प्रस्ताव

Share News

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा २५ गते गर्ने भएको छ । सभा पोखराको वाटरफ्रन्ट रिसोर्टमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन पनि गर्नेछ । कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ देखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।