काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रू. ४ अर्ब ४ करोड बरारबको ऋणपत्र निष्कासन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । सेबोनले कम्पनीलाई ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न पुस २ गते स्वीकृति दिएको हो ।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कुल कित्तामध्ये कम्पनीले १६ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
बैंकले आगामी १० वर्षको लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ‘एनआईएमबी डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।