कुमारी बैंक र डीसीजीएफबीच कर्जा सुरक्षण गर्न सम्झौता

Share News

काठमाडौं। कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनीज’अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

यस सम्झौताअनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमार्फत आईटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनीज’को पोर्टफोलियो सुरक्षण गर्ने बताइएको छ । यो सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्न कोसेढुंगा हुने विश्वास दुवै पक्षको रहेको बताइएको छ । बैंकले नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस (नास–आईटी)सँग साझेदारीमा काम गर्दै आएको बताइएको छ, जसअन्तर्गत बैंकले नास–आइटी सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।