काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १० दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ हजार रूपैयाँको आधारमा ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।