उपत्यकामा मनाइयो यःमरि पुन्ही र ज्यापु दिवस [तस्वीरहरू] 

Share News

काठमाडौं । नेवार समुदायले मंगलवार (आज) योमरी पूर्णिमा (यःमरि पुन्ही) मनाएका छन् । पर्वका अवसरमा मंगलवार टेंगल चोकबाट निस्किएको र्‍याली नगर परिक्रमा गरी वसन्तपुर क्षेत्रमा पुगेर समापन भएको थियो । 

यःमरि खाइने भएकोले यो पर्वलाई यःमरि पुन्ही भन्ने गरिएको मान्यता छ । यःमरि विशेष किसिमको तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार हो । 

नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरिलाई पञ्चतत्वको रूपमा मानिएको छ । यःमरिमा धर्तीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ। 

यही दिन उपत्यकाका ज्यापु समुदायले ज्यापु दिवस पनि मनाएका छन् । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।