कुमारी सामूहिक लगानी कोषका तीनओटै फण्डको न्याभ बढ्यो

Share News

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।

उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ कात्तिकको तुलनामा मङ्सिरमा वृद्धि भएको छ ।

कुमारी इक्वीटी फण्डको न्याभ कात्तिक मसान्तमा ९ रुपैयाँ ४१ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ९ रुपैयाँ ९९ पैसा पुगेको हो । कुमारी सुनौलो लगानी योजनाको न्याभ कात्तिक मसान्तमा १० रुपैयाँ ०७ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ ६७ पैसा पुगेको हो ।

त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ कात्तिक मसान्तमा ९ रुपैयाँ ९३ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ ५२ पैसा पुगेको छ । यस फण्डको नोक्सानी घटेको छ ।

कात्तिक मसान्तमा फण्ड रू. ७ करोड २४ लाख नोक्सानीमा रहेकोमा मङ्सिर मसान्तमा घटेर रू. २ लाख ४७ हजार पुगेको हो । यस फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८३ करोड ९१ लाख लगानी गरेको छ । 

त्यस्तै कुमारी इक्वीटी फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७३ करोड ६५ लाख लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तमा रू. ६८ करोड ५९ लाख थियो । यस फण्ड मङ्सिर मसान्तसम्ममा रू. ३५ लाख ९५ हजार नोक्सानीमा छ । 

कुमारी सुनौलो लगानी योजनाले मङ्सिर मसान्तमा सूचीकृत शेयरमा रू. २७ करोड ४७ लाखभन्दा बढी लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तमा रू. २५ करोड ४१ लाख थियो । मङ्सिर मसान्तमा यस फण्डले रू. ८ लाख ७९ हजार नाफा कमाएको छ । 

कुमारी इक्विटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी सुनौलो योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।