मर्जर प्रस्ताव पारितका लागि मानुषी र श्रृजनशील लघुवित्तले एकै दिन बोलाए विशेष साधारण सभा

Share News

काठमाडौं । मर्जर प्रस्ताव पारितका लागि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते विशेष साधारण सभा बोलाएका छन् । २०७९ चैत २ गते मर्जरका लागि यी दुई कम्पनीबीच प्रारम्भिक सम्झौता भएको थियो ।

दुवै कम्पनीले विशेष साधारण सभामार्फत मर्जरको प्रस्ताव पारित गर्न लागेका हुन् । मानुषी लघुवित्तले पुतली घर रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा उक्त दिन बिहान १०ः३० बजे र श्रृजनशील लघुवित्तले केन्द्रीय कार्यालय, सिराहामा उक्त दिन बिहान १०ः३० बजे सभा बोलाएका हुन् ।

सभाले मर्जर प्रयोजनका लागि मूल्याङ्कनकर्ता संजय चौधरी एण्ड एसोसिएट्सबाट प्राप्त मूल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपातलाई पनि स्वीकृति प्रदान गर्नेछ ।

मर्जर प्रक्रियालाई पूर्णता दिन आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएका छन् ।

बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।