एनआईसी एशिया लघुवित्तका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

Share News

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले पुस ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश मङ्सिर २४ गते सम्म हितग्राही खातामा बैंक अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिसकेको जानकारी दिएको छ । 

कम्पनीले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक खाता भएको संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका शेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई लाभांश लिन अनुरोध गरेको छ । शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।