ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को न्याभ बढ्यो

Share News

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ ले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा वृद्धि भएको छ । 

यस फण्डको न्याभ कात्तिक मसान्तमा ८ रुपैयाँ ९६ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ९ रुपैयाँ ५७ पैसा पुगेको हो । त्यस्तै यस फण्डले सूचीकृत धितोपत्रमा लगानी पनि बढाएको छ । कात्तिक मसान्तमा सूचीकृत शेयरमा फण्डले रू. ७८ करोड ७६ लाख लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू. ८४ करोड ९५ लाख पुर्‍याएको हो । 

यस फण्ड मङ्सिर मसान्तमा रू. ५ करोड ९ लाख नोक्सानीमा छ । कात्तिक मसान्तमा पनि फण्ड रू. ११ करोड ३६ लाख नोक्सानीमा थियो । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।