हिमालयन ८०-२० ले कमायो १ करोड ४२ लाखभन्दा बढी नाफा

Share News

काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०-२० ले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा कात्तिकको तुलनामा मङ्सिर मसान्तमा वृद्धि भएको छ । कात्तिक मसान्तमा फण्डको नाफा रू. २१ लाख ९ हजार रहेकोमा मङ्सिर मसान्तमा बढेर  रू. १ करोड ४२ लाख पुगेको हो ।

मङ्सिर मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी रू.६८ लाख ९३ हजार रहेकोमा मङ्सिर मसान्तमा बढेर रू.२ करोड १५ लाख पुगेको छ । 

त्यस्तै फण्डको न्याभ पनि कात्तिकको तुलनामा मङ्सिरमा वृद्धि भएको छ । कात्तिक मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ १४ पैसा पुगेको छ ।

त्यस्तै यस फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८ करोड ५९ लाख लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तमा रू. ४ करोड ९६ लाख थियो । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।