एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।  कम्पनीले असोज ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले १० दशमलव ५३ प्रतिशत नगद लाभांश करसहित पारित गरिसकेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।