१० वर्षअघिको आर्थिक अभियानबाट: निजी वायुसेवाका मागलाई सम्बोधन गर

Share News

नेपालका निजी वायुसेवा कम्पनीले विमान सञ्चालन गर्ने वातावरण सहज बनाइदिन सरकारसँग माग गरेका छन् । बीमाशुल्क, वायुयानको लीज कर, इन्जिन आयात र पार्टपुर्जा समेतमा विदेशी कम्पनीलाई भुक्तानी गर्ने शुल्कमा कर छूट हुनुपर्नेलगायत २७ बुँदे माग निजी वायुसेवा कम्पनीको रहेको छ । विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न पनि सरकारले यी मागको सम्बोधन गर्न आवश्यक छ । नेपालमा हाल ७४ ओटा वायुसेवा कम्पनीले उडान अनुमति लिइसकेका छन् । तर, सञ्चालनमा भने जम्मा १५ ओटा मात्र छन्् । यसको एउटा अर्थ के हो भने लगानीकर्ताहरू नेपालको वायुसेवा क्षेत्रमा सम्भाव्यता राम्रो देख्छन् र कम्पनी स्थापना पनि गर्छन् तर सञ्चालनको चरणमा जाने बेलामा वा सञ्चालन शुरू भएपछि अनेकौं अनपेक्षित समस्यामा पर्छन् । 

(सम्पादकीयबाट) 

वर्ष ६, अंक २१५, बिहीवार, ७ वैशाख, २०६९

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।