सिटिजन्स बैंकको ७० हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिशेयर १५० रुपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले विक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाएको हो ।

यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।