एनआईसी एशिया बैंकले घटायो ब्याजदर

Share News

काठमाडौं । एनआईसी एशिया बैंकले माघ महीनाको लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याज घटाएको हो । 

जस अनुसार बैंकले माघ महीनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ८ दशमलव ०६५ प्रतिशत कायम गरेको छ ।

पुसमा सो दर ८ दशमलव ६७ प्रतिशत थियो । त्यस्तै बैंकले संस्थागत निक्षेपको अधिकतम ब्याजदर ६ दशमलव ०६५ प्रतिशत तोकेको छ । पुस महीनामा सो ब्याजदर ६ दशमलव ६७ प्रतिशत थियो ।

बैंकहरूले पछिल्ला ३ महीनादेखि ब्याजदर घटाइरहेका छन् । बैंकहरूको निक्षेप दैनिक बढ्दो क्रममा छ । तर, निक्षेपको तुलनामा कर्जा लगानी भने बढ्न सकेको छैन । फलस्वरूप बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । सोही कारण बैंकहरूले पछिल्ला ३ महीनादेखि ब्याजदर घटाइरहेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।