एनआईसी एशिया बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

Share News

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकले असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

बैंकले गत असोज १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर खातामा जम्मा गरिएको जानकारी दिएको छ । साथै असोज १५ गतेपछि शेयर अभौतिकीकरण गर्ने शेयरधनीको पनि क्रमश: हितग्राही खातामै बोनस शेयर जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनि मात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । बैंकको असोज २८ गते सम्पन्न साधारण सभाले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १ दशमलव ५२ नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।