महालक्ष्मी विकास बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

Share News

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई बैंक खातामा नगद लाभांश खातामा पठाएको छ । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश सोही दिनदेखि शेयरधनीको बैंक खातामा नगद  लाभांश खातामा पठाउन सुरु गरेको थियो । 

बैंकले शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६ दशमलव ४० प्रतिशत नगद लाभांश (कर सहित) पठाएको जानकारी दिएको छ ।  त्यस्तै बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका शेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि अनुरोध गरेको छ ।

त्यसपछि मात्र बैंक खातामा नगद लाभांश आउनेछ । शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

सूचना ह्रेर्न यहाँ क्लिक गर्नुहाेस 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।