काठमाडौंको नयाँ सडकस्थित भूगोल पार्कमा आयोजना गरिएको २६ औं भूकम्प स्मृति सभामा भूकम्पमा ज्यान गुमाएकालाई फूल गुच्छा अर्पण गर्दै एक सहभागी । भूकम्पमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा काठमाडौं महानगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
१९९० माघ २ गतेको विनाशकारी भूकम्पले पुर्याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ ।
१९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, २०७२ सालमा पश्चिम, २०८० सालमा मध्य पश्चिमका रुकुम पश्चिम र जाजरकोट केन्द्रविन्दु भएका भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।