दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कुल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए ।
मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मतमध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकोमा दुवै मतदाताले आउन नसक्ने जानकारी गराएपछि मतदान सम्पन्न भएको बताइएको छ ।
मतदानको समय ३ बजेसम्म रहे पनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रूपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताए ।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । अबको केहीबेरमा मतगणना थालिने उनले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।