काठमाडौंको भृकुटीमण्डपमा जारी छैठौं नेपाल एग्रिटेक (कृषि प्रदर्शनी)को अन्तिम दिन प्रदर्शनीमा राखिएको मोनोरेल सञ्चालन गरेर देखाउँदै जापानीज प्राविधिक । मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा १२ माघदेखि १४ सम्म आयोजित प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका सयभन्दा बढी स्टल छन् । प्रदर्शनीमा कृषिका विभिन्न विधा (कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी)लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषि आदिका स्टल छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।