काठमाडौं। भिजा एक्सेलेरेटर कार्यक्रम २०२४ को चौथो संस्करणको घोषणाका साथै आवेदन खुला गरिएकोे छ । कार्यक्रमको उद्देश्य भिजाका भुक्तानी विशेषज्ञसँग सहकार्य गरेर नेपालमा स्टार्टअपको विकासमा सघाउनु रहेको बताइएको छ । यस संस्करणले कृत्रिम बौद्धिकता, विश्वव्यापी मुद्रा आवगमन र भविष्यको लोयल्टी, माइक्रो, साना तथा मध्यम व्यवसाय र डिजिटल स्वीकृति जस्ता क्षेत्रमा जोड दिने बताइएको छ ।
भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुले कार्यक्रमले स्टार्टअपलाई विभिन्न विषयवस्तुका विज्ञहरूसँग काम गर्ने अवसर प्रदान गर्ने बताए । कार्यक्रमको यस संस्करणको लागि ८ जनवरीदेखि खोलिएको आवेदन ८ मार्च २०२४ सम्म कायम रहने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।