नेवार समुदायका बालिकाकाे बेलविवाह [तस्वीरहरू]

Share News

काठमाडौंको इटुम्बहालमा बेलविवाहमा सहभागी नेवार समुदायका बालिकाहरू । नेवार समुदायका ५० भन्दा बढी कन्याले सामूहिकरूपमा बेलविवाह गरेका हुन् । नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ, तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । नेवार संस्कारअनुसार कन्याको रजस्वला नहुँदै बिजोर वर्ष (५ देखि ११ वर्ष) को उमेरभित्र भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित इहिँ (बेलसँग विवाह) गराउने परम्परा छ ।

इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ। यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुन्छ। इहिँ गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।