काठमाडौं। नेपाल बैंकर्स संघ (एनबीए) तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)बीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्राध्यापक विजय केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार दुई पक्षले आर्थिक तथा वित्तीय विषयमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धानमार्फत नीतिगत सुधारका काम गर्ने बताइएको छ । साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्न इन्टर्नशीपको लागि पनि सहकार्य गरिने सम्झौतामा उल्लेख छ । सहकार्यले विश्वविद्यालय र संघको ज्ञान, शीप, क्षमता र अन्य स्रोत आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।