खराब कर्जा बढेपछि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त घाटामा, वितरणयोग्य नाफा रू. ४२ करोड ३५ लाख

Share News

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. २ करोड ५८ लाख घाटामा छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. १२ करोड ४० लाख नाफामा थियो । चालू आवमा कम्पनीको खराब कर्जा बढेसँगै घाटामा रहेको हो । 

गत आवमा कम्पनीको खराब कर्जा ३ दशमलव ८१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ७१ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि गत आवको तुलनामा चालू आवमा बढेको छ । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २१ करोड ३५ लाख रहेकोमा चालू आवमा बढेर रू. ३७ करोड ८० लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा रू. १ करोड ९३ लाख ऋणात्मक छ । 

दोस्रो त्रैमाससम्ममा कम्पनी घाटामा भएसँगै प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा ऋणात्मक छ । सो अवधिमा कम्पनीको तरलता अनुपात ७ दशमलव ६६ प्रतिशत र प्रतिशेयर नेटवर्थ २ सय ५६ रुपैयाँ १ पैसा छ । 

चुक्ता पूँजी रू. १ अर्ब ५ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. १ अर्ब २२ करोड र रिटेन्ड अर्निङमा रू. ४२ करोड ३५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ४२ करोड ३५ लाख छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।