नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

Share News

काठमाडौं। नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रतिशेयर १०० रुपैयाँका दरले ८५ लाख ५० हजार कित्ता शेयर प्रत्याभूति कोषले गर्ने बताइएको छ । सम्झौता भएको मितिले कम्पनीले ६ महीनाभित्र शेयर निष्कासन गरिसक्नु पर्नेछ । ६ महीनाभित्र शेयर निष्कासन नभए सम्झौता स्वत: अन्त्य हुने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।