जकार्ता (इन्डोनेशिया) । दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेशियामा राष्ट्रपति, उपराष्ट्रपति, सांसद र स्थानीय जनप्रतिनिधि छान्नका लागि बुधवार (आज) एकदिवसीय मतदान सम्पन्न भएको छ । इन्डोनेशियामा विश्वकै सबैभन्दा ठूलो एकदिवसीय मतदान सम्पन्न भएको हो ।
मतदान सम्पन्न भएकै दिन सार्वजनिक राष्ट्रपति पदको प्रारम्भिक तथा अनौपचारिक मतगणनाको नतिजाअनुसार रक्षामन्त्री प्रबोवो सुबियान्तोले बलियो अग्रता लिएका छन् । नतिजाअनुसार उनले ५८ प्रतिशत मत पाएका छन् ।
चुनावी एजेन्सी ‘कोम्पास सर्च एण्ड डेभलपमेन्ट’ले गरेको अनौपचारिक प्रारम्भिक मतगणना अनुसार, राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वगभर्नर एनीस बेसवादन २२ प्रतिशतभन्दा कम मतका साथ दोस्रो स्थानमा छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार गञ्जर प्रनोवो तेस्रोमा छन् । उनीहरूले दुवैले प्रारम्भिक नतिजाको विरोध गरेका छन् ।
प्रारम्भिक मतगणनाको जस्तै अन्तिम मतपरिणामको नतिजा आएमा सुबियान्तो राष्ट्रपति पदमा निर्वाचित हुनेछन् । इन्डोनेशियामा राष्ट्रपति पदमा निर्वाचित हुनका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान छ ।
मतगणनाको अन्तिम परिणाम आउन एक महिना लाग्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति जोको विडोडोका नीतिहरूलाई निरन्तरता दिने प्रतिबद्धता र आफ्नो बयानबाजीका कारण सुबियान्तो जनतामाझ लोकप्रिय छन् । निर्वाचनमा करीब २० करोड ५० लाख मतदाता थिए । एजेन्सीको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।