काठमाडौं। महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी घर कर्जा, व्यावसायिक कर्जा र सवारी कर्जा (व्यक्तिगत)मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजना ल्याएको छ । यी कर्जामा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छूट पाइने बताइएको छ । योजनाअनुसार घर कर्जा अन्तर्गत न्यूनतम् २ वर्ष देखि अधिकतम् ३० वर्ष अवधि रहने गरी रू. ५ करोड सम्मको कर्जा पाइने बैंकले जानकारी दिएको छ ।
त्यस्तै साना तथा मझौला व्यवसायको कर्जा एक वर्षदेखि १५ वर्षसम्मको अवधिका लागि १० दशमलव ९९ प्रतिशत र सवारी कर्जा (व्यक्तिगत) मा ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने बताइएको छ । सवारी कर्जा (व्यक्तिगत)को न्यूनतम् अवधि दुई २ वर्ष र अधिकतम अवधि ५ वर्षसम्म रहने बताइएको छ । विद्युतीय सवारीको हकमा ८० प्रतिशतसम्म र अन्य सवारीमा ५० प्रतिशतसम्म कर्जा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।