भारतको सर्वाेच्च अदालतद्वारा चुनावी बन्ड योजना रद्द

Share News

नयाँ दिल्ली (भारत) । भारतको सर्वाेच्च अदालतले चुनावी बन्ड योजना रद्द गर्ने फैसला गरेको छ । 

भारतीय स्टेट बैंक (एसबीआई)ले बेच्ने गरेको यो बन्ड राजनीतिक दलका लागि फण्डिङको एक तरिका थियो, जसको माध्यमबाट दलहरूलाई दान दिने गरिएको थियो । 

अदालतले उक्त योजना रद्द मात्रै गरेको छैन, एसबीआईलाई चुनावी निगरानीका लागि सबै जानकारी दिन पनि आदेश दिएको छ । चुनाव आयोगले उक्त विवरणलाई आफ्नो वेबसाइटमा राख्ने बताइएको छ । यसबाट कुन व्यक्तिले कुन पार्टीलाई कति पैसा दिएको छ भन्ने जानकारी पाउन सक्नेछ । द इकोनोमिक टाइम्स

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।