इन्फिनिटी लघुवित्तले दियो शाखा प्रमुख र अनुगमन अधिकृतलाई तालिम

Share News

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका ४३ जिल्लाका ९५ ओटा शाखाका प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम दिएको छ । 

कम्पनीले आफ्ना कर्मचारीलाई ‘नेभिगेटिङ च्यालेन्जेज–इम्ब्रासिङ अपरचुनिटी’ विषयक तालिम दिएको हो । पोखरामा आयोजित तालिम कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण कुमार लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले यस्ता तालिम कार्यक्रम सञ्चालनले समग्र लघुवित्त क्षेत्रमा कार्यक्रमको गुणस्तरमा समेत सुधार आउने बताए । 

कार्यक्रममा कम्पनीका संस्थापकद्वय दिनेश अधिकारी र रविन नेपालको विशेष अतिथि रहेका थिए । यस्तै, कम्पनीका विभागीय प्रमुखहरू प्रेम बहादुर थापा, अन्जना प्याकुरेल, नयन देवकोटा र प्रभात न्यौपानेको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।