७ महीनामा स्याम्पु आयात ५५ प्रतिशतले बढ्यो, ५६ करोड बाहिरियो

Share News

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष (आव)को ७ महीनामा स्याम्पु आयात ५५ प्रतिशतले बढेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा ५६ करोड ७८ लाख ३० हजारको स्याम्पु आयात गरेको हो । उक्त मूल्यको ११ लाख ७७ हजार १०० लिटर स्याम्पु नेपाल भित्रिएको छ ।  

गत आवको सोही अवधिमा नेपालले ३५ करोड ९३ लाख ८१ हजार रुपैयाँको स्याम्पु आयात गरेको थियो । उक्त मूल्यको ७ लाख ५७ हजार ५२३ लिटर स्याम्पु नेपाल आयात भएको थियो । गत वर्षको ७ महीनाको तुलनामा यो आवको सोही अवधिमा स्याम्पुको आयात परिमाणमा ५५ प्रतिशत र मूल्यमा ५८ प्रतिशतले बढेको छ । 

नेपालले भारत, चीन, थाइल्याण्ड, बंगलादेश, संयुक्त राज्य अमेरिका, भियतनाम, कोरिया, संयुक्त अरब इमिरेट्स, जर्मनी, इटाली, टर्की, मलेसिया, कतार, युनाइटेड किंगडम, ब्राजिल, कुवेत, जापान, अस्ट्रेलिया, फ्रान्स, साउदी अरेबिया, ताइवान, ओमान, इजरायल, साइप्रस, हङकङ, बहराइन, पोल्याण्ड, डेनमार्क, बेल्जियम, श्रीलंका लगायतका देशबाट स्याम्पु आयात गर्ने गरेको छ ।

नेपालले सबैभन्दा धेरै स्याम्पु आयात भारतबाट गर्ने गरेको छ । यो ७ महीनामा नेपालले भारतबाट मात्रै ४० करोड १९ लाख ३७ हजार रुपैयाँ बराबरको ७ लाख ३५ हजार ५८० लिटर स्याम्पु आयात गरेको छ ।

नेपालले स्याम्पु आयात गर्ने प्रमुख देशहरू

देश  परिमाण (लिटरमा)   मूल्य (रु हजारमा) 
भारत 735,580 401,937
चीन 287,898 86,535
थाइल्याण्ड 64,264 31,450
बंगलादेश 31,210 11,387
संयुक्त राज्य अमेरिका  12,510 7,241
कोरिया 10,674 5,658
संयुक्त अरब इमिरेट्स 14,141 4,892
जर्मनी 1,244 1,901
इटाली 3,915 2,084
टर्की 3,127 1,739
मलेसिया 1,965 1,221
कतार 2,869 1,110

स्रोत : भन्सार विभाग । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।