भारतमा लोकसभा चुनावअघि बढाइयो उखुको खरीद मूल्य

Share News

नयाँ दिल्ली (भारत) । लोकसभा चुनावअघि भारतमा उखुको मूल्य बढाइएको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले आगामी सिजनका लागि उखुको खरीद मूल्य प्रतिक्विन्टल २५ भारतीय रुपिया (भारु) बढाएर ३४० भारु पुर्याएको छ । 

‘उखु किसानको हितलाई ध्यानमा राखी संसदको आर्थिक मामिला समितिले सन् २०२४–२५ (अक्टुवर–सेप्टेम्बर) सिजनका लागि उखुको खरीद मूल्य प्रतिक्विन्टल ३४० रुपैयाँ भारु बनाउने सहमति दिइसकेको छ,’ सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले एक मिडिया ब्रिफिङमा भने । 

भारतमा मुख्यरूपमा महाराष्ट्र, उत्तर प्रदेश र कर्नाटकमा उखु उत्पादन हुने गरेको छ । 

कृषि लागत तथा मूल्य आयोग (सीएसीपी)को सिफारिसको आधारमा राज्य सरकार तथा अन्य सरोकारवालासँगको परामर्शमा उखुको खरीद मूल्य बढाइएको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार यही वर्ष (सन् २०२४)मा हुन लागेको चुनावको आगामी मार्चको पहिलो हप्ता मिति घोषणा गरिनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।