नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा स्वयम्भू र बालाजुमा पनि

Share News

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारबाट काठमाडौंमा २ ओटा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । 

बैंकले गत महीना काठमाडौंको अनामनगर र शंखमुल तथा ललितपुरको सातदोबाटो र भैंसेपाटी शाखाहरू सञ्चालनमा ल्याएको थियो ।

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ ओटा एक्सटेन्सन काउन्टर, ११३ ओटा शाखारहित बैंकिङ र २६२ ओटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।