ज्योति विकास बैंकले विद्यालयलाई दियो दुई थान इन्टरेक्टिभ बोर्ड

Share News

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको एक विद्यालयलाई दुई थान दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत विदुर नगरपालिका–५, देवीघाटस्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई उक्त बोर्ड प्रदान गरेको हो । 

अन्तरक्रियात्मक सिकाइ विधिहरूमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीमा सूचना प्रविधिसम्बन्धी शीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीको अध्ययनप्रतिको रुचिमा विकास गराउन बैंकले विद्यालयलाई उक्त स्मार्टबोर्डहरू दिएको हो । 

विद्यालयमा आयोजित एक कार्यक्रममा ‘हाम्रो विकास प्रवद्र्धन कोष’का संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई सो स्मार्टबोर्डहरू औपचारिकरूपमा हस्तान्तरण गरे । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नरेश राज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल लगायतको उपस्थिति थियो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।