काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अमरापुरी शाखाले नवलपुरको गैंडाकोट नगरपालिका–१५ अमरापुरीस्थित लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिकोत्सवको अवसरमा कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको बैंकले जानकारी दिएको छ । यो सहयोगले विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्न सहयोग गरेको बैंकको विश्वास छ ।
यसैगरी बैंकले रूपन्देहीको बसन्तपुर–८ बालापुरस्थित सत्यसाई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामग्री र अन्य सामग्री उपलब्ध गराएको हो । एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धाश्रमका आश्रित व्यक्तिहरूको जीविकोपार्जनमा सहजीकरणका लागि उक्त सामग्री संस्थालाई सहयोग गरेको बताए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।