महोत्तरीको गौशालामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाले बिहीवारदेखि कारोबार शुरू गरेको हो ।

योसँगै बैंकले शाखा संख्या ३५६ पुगेको छ । त्यस्तै ३७९ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्त्याउन सघाउँदै आएको बताएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।