सबैको लघुवित्तको साधारणसभा सम्पन्न

Share News

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार तनहुँको बन्दीपुरमा सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीलगायत वित्तीय विवरणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साथै लेखापरीक्षण समितिबाट सिफारिश भएबमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखापरीक्षक नियुक्त गरिएको छ ।

यसैगरी सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि सञ्चालक समितिलाई स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ । दुवै संस्था एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि तथा अन्तिम सम्झौतापत्र लगायत मर्जर सम्बन्धी अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, गाभिएपश्चात् गठन हुने सञ्चालक समितिमा यस लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने लगायतका विभिन्न प्रस्ताव सभाबाट पारित भएका छन् । सभामा संस्थाका अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीले आफ्ना राय, सुझाव पेश गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।