विभिन्न स्थानमा ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी थप ४१ शाखामार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदूर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवाको सहभागिता थियो ।

कार्यक्रममा ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो । बैंकले झापा, मोरङ, सर्लाही, ललितपुर, रामेछाप, काठमाडौं, धादिङ, रसुवा, स्याङजा, नवलपरासी, लमजुङ, तनहुँ, कपिलवस्तु, दाङ, गुल्मी, पाल्पा, रोल्पा, रुपन्देही, अर्घाखाँची, बैतडी र डँडेलधुराका विभिन्न स्थानमा उक्त कार्यक्रम गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।