काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । काठमाडौँको हनुमानढोका परिसरमा रहेको मखन टोलस्थित महेन्द्रेश्वर महादेवको मन्दिरमा बिहानैदेखि व्रतालुहरूको भीड लागेको छ । यस स्थानमा हरेक बर्ष झैं अपरान्ह भीड लाग्ने गरेको स्थानीय बताउँछन् । अपरान्हमा मन्दिरको ढोका माथि रहेका शिवको मूर्तिमा पूजारीले पूजाका गर्दै दूध सहित रुद्राक्ष पनि दान हुने गर्छ । सोही दूध र रूद्राक्षलाई भक्तजनले प्रसाद रूपमा लिने प्रचलन रहेको छ ।
तस्वीर :सुनिल शर्मा / आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।