काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले अन्तरराष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिलाको स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ । महिला ग्राहकलाई लक्षित यस कार्डमार्फत गरिएको खरीदमा बैंकले कारोबार रकमको शून्य दशमलव १० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि योगदान गर्ने बताइएको छ । यो योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि भूमिका निर्वाह गर्ने विश्वास बैंकको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।