काठमाडौं। महालक्ष्मी विकास बैंकले आलय प्रालि र रायन इनर्जी प्रालिको सहकार्यमा महिला उद्यमीको वित्तीय पहुँच तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न ‘महिला उद्यमी सशक्तीकरण योजना’ शुरू गरेको छ । यसअन्तर्गत बैंकले बनेपा र धुलिखेल काभ्रेपलाञ्चोकमा रहेका महिला लघु उद्यमीलाई विद्युतीय सवारीसाधन खरीदमा वित्तीय सहयोग प्रदान गर्ने बताइएको छ ।
यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवर्द्धन, वित्तीय विशेषज्ञता तथा नवीनतम प्रविधिको विकास तथा लैंगिक समानता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै यो सम्झौताले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको बताइएको छ । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैंगिक समानता हासिल गर्न, महिलाहरूलाई अवसर सृजना गर्न तथा महिला सशक्तीकरणको लागि महत्त्वपूर्ण उदाहरणको रूपमा रहने बैंकको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।