महालक्ष्मी विकास बैंकद्वारा भित्तेपात्रो प्रकाशन

Share News

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०८१ सालको क्यालेण्डर प्रकाशन भएको छ । आइतवार बैंकले उक्त क्यालेण्डर आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । 

बैंकले स्थानीय साना तथा मझौला व्यापार झल्कने तस्वीरमार्फत सकारात्मक सन्देश प्रदान गर्दै क्यालेण्डर प्रकाशन गरेको जानकारी दिएको छ । उक्त क्यालेण्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्वीरमध्ये उत्कृष्ट बाह्र तस्वीर समावेश गरिएको छ । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकलाई जानकारी राख्नु बैंकको क्यालेण्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।