काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विसं २०८१ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्त्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचीन कलाकृति समावेश गरी तयार गरिएको क्यालेन्डर सार्वजनिक गरेको हो ।
क्यालेण्डर सार्वजनिक गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । विगतका वर्षमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषय प्रकाशन गर्ने गरेको स्मरण गर्दै उनले नेपालको सर्वांगीण विकासका लागि कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बैंक सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिको उपस्थिति थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।