काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बुंगमती शाखाले दुईदिने केन्द्र फ्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यत्रम सम्पन्न गरेको छ ।
शाखा कार्यालय बुंगमतीअन्तर्गत सञ्चालित विभिन्न केन्द्रका केन्द्र प्रमुखको सहभागितामा सञ्चालित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रतिनिधि, संस्थाका केन्द्रीय कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा वार्षिक केन्द्र मूल्यांकनका आधारमा प्रथम, द्वितीय र तृतीय हुने केन्द्रलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गत आर्थिक वर्षमा एसईईमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान र कर्जा बीमा तथा ग्राहक संरक्षण कोषबाट ३ जना सदस्यलाई ११ लाख ३० हजार रुपैयाँ राहत सुविधा समेत वितरण गरिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।