राष्ट्रिय स्तरका विकास बैंकको ७ महीनाको नाफा झन्डै ३ अर्ब, सबैभन्दा अगाडि गरिमा

Share News

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना अर्थात माघसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ३ अर्ब रुपैयाँ कमाउन सफल भएका छन ।  राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ७ महिना अवधिमा रू. २ अर्ब ७१ करोड ७९ लाख नाफा आर्जन गर्न सफल भएका हुन । 

मुक्तिनाथ विकास बैंकले पछि पादै सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक अगाडि रहेको छ । यस बैंकले सात महीना अवधिमा रू.५५ करोड ८० लाख नाफा कमाएको हो ।  दोस्रोमा मुक्तिनाथ विकास बैंकले माघ मसान्तसम्ममा रू. ५३ करोड २३ लाख नाफा कमाएको छ । 

त्यस्तै सबैभन्दा कम नाफा सांग्रिला डेभलपमेन्ट बैंकले रू .१५ करोड ४९ लाख नाफा कमाएको हो । ज्योति विकास बैंकले सात महीनामा रू.१७ करोड ७६ लाख नाफा कमाएको छ । 
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले  साता महीनामा रू. ४३ करोड ७१ लाख नाफा कमाएको हो । त्यस्तै महालक्ष्मी विकास बैंकले सो अवधिमा रू. ३३ करोड ४० लाख,कामना सेवा विकास बैंकले रू. ३१ करोड २३ लाख र लुम्बिनी विकास बैंकले रू. २१ करोड १३ लाख नाफा कमाएको छ । 
 

बैंकको नाम

माघ मसान्तसम्मको नाफा रू. दशलाखमा

गरिमा विकास बैंक

                               558.08

मुक्तिनाथ विकास बैंक

                               532.35

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

                               437.15

महालक्ष्मी विकास बैंक

                               334.09

कामना सेवा विकास बैंक

                               312.35

लुम्बिनी विकास बैंक

                               211.31

ज्योति विकास बैंक

                               177.66

सांग्रिला डेभलपमेन्ट बैंक

                               154.93

कुल

                               2,717.92

 

स्रोत : नेपाल राष्ट्र बैंक

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।