मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Share News

काठमाडौं। मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टीका स्कूल र कैलालीको धनगढी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा स्कूल र कलेजका विद्यार्थी तथा शिक्षकको सहभागिता थियो । त्यसैगरी बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड परिसरमा र सुर्खेतको विरेन्द्रनगर–११ स्थित देउती बजै मन्दिर परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता लगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।