काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करीब एक दशकदेखि एचआईभी संक्रमित बालबालिकाको लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई रू. २ लाख प्रदान गरेको छ । बैंकले आफ्नो सत्रौं वार्षिकोत्सवको अवसरमा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । संस्थामा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गरिने सञ्चालक राजकुमार पुनले जानकारी दिए ।
बैंकले वार्षिकोत्सवको अवसरमा संस्थालाई हरेक वर्ष आर्थिक सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।